arrow

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
accident-final.jpg

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका वडा नं ३ मनकामनाका ५८ वर्षीय यमबहादुर आले छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका आलेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं ४ अध्यचोकमा आले सवार ना४९प २९३७ नम्बरको मोटरसाइकल र ना५च ९४८ नम्बरको बोलेरो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

बोलेरो र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ