arrow

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
accident-final.jpg

कपिलवस्तु । कपिलवस्तुमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गएराति करिब ११ बजे वाणगंगा नगरपालिका वडा नं ११ स्थित भित्री सडकखण्डमा दुईटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुईमध्ये एक भारतीय नम्बर प्लेटको मोटरसाइकल रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लु१०प ४४९६ नम्बरको मोटरसाइकल चालक रुपन्देही सैनामैना नगरपालिका वडा नं ४ का २७ वर्षीय रोमन थारु छन् ।

यस्तै यूपी ५५एएच ७०९० नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अलीको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ