arrow

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, चालक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
accident-final.jpg

पर्सा । पर्सामा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका वडा नं २ जमुनियाका २३ वर्षीय सुदर्शन चौधरी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

साथै गम्भीर घाइते हुने चालकमा जमुनियाकै २४ वर्षीय दीपेन्द्र चौधरी छन् ।

उनकाे सोही अस्पतालमा उपचार भइरहेको र खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

राति ९ बजे पथरैयाबाट पँचगाव जाने क्रममा ना२८प ३८१९ नम्बरको मोटरसाइकल ह्युमपाइप राख्न खनिएको सडकको खाल्डोमा खसेर दुर्घटना भएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ