arrow

बस दुर्घटनामा ११ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
bus-acc-jhapa.jpg

झापा । झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे१ख २५४५ नम्बरको नागरिक बस झापाको शिवसताक्षी नगरपालिका वडा नं १ धरमपुरमा दुर्घटनामा परेको हो ।

दुर्घटनाका घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ ।

दुर्घटनामा घाइते हुनेमा विराटनगर महानगरपालिका वडा नं ३ का गुणा कोइराला, दीपा निरौला, विराटनगरकै म्यारी निरौला, निर्मला निरौला, विराटनगर-४ का शर्मिला कोइराला, झिलझिलेका टंक शिवाकोटी, विराटनगरका आन्सा फ्यादेन, सुमना लिम्बु, बिर्तामोडका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र झापाको कमल गाउँपालिकाका शान्तिराम खतिवडा छन् ।

बस चालक झापा मेचीनगर-१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

बस तीव्र गतिमा चलाइएका कारण अनियन्त्रित भई सडकमै पल्टिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ