arrow

दुर्घटनामा परे उच्च अदालत पाटनका न्यायाधीश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
high-court-patan.jpeg

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ मा सवारी दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी र उनीसँगै कारमा सवार मोरङको विराटनगर-४ का ७६ वर्षीय कृष्ण खनाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए । 

घाइते न्याधीश रेग्मीको कान, हात, खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।  काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बिएबी ७१४६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका दुवैको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ