व्यवसायीक क्षेत्रका समस्या सुधार गर्न ११ कानून संशोधन – मन्त्री भण्डारी
सुनिल आउजी,
प्रकाशित २०८१ माघ १ मंगलबार
518
Shares
धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक तथा व्यवसायीक क्षेत्रका समस्याहरु सुधार गर्न र लगानी मैत्री वातावरण सिर्जना गर्न मन्त्रालयले ११ वटा कानूनहरु संशोधन गरेको बताएका छन् ।
आज प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलन मन्त्री भण्डारी सो कुरा बताएका हुन् । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका मन्त्रीले सरकारले कैलालीको गोदावरी नगरपालिकामा पर्ने हरैया विशेष आर्थिक क्षेत्र सेज लाई सार्वजनिक निजी क्षेत्रबीच साझेदारी पीपीपी मोडेलबाट सञ्चालन गर्ने मन्त्रालयले तयारी गरिरहेको बताए ।
मन्त्री भण्डारी सेज क्षेत्रको प्रारम्भिक काम सकेर पीपीपी मोडेलमा सञ्चालन हुने बताए । सुदूरपश्चिमका लागानीकर्ताहरुलाई फाइदा हुने गरी सेजको डिजाइनमा गरिएको र डीपीआर अनुसार औद्योगिक विकासका हुने मन्त्री भण्डारीले बताए ।
सरकारको बजेटलाई पर्खिनुभन्दा पनि निजी क्षेत्रको बजेट, बाह्य लगानी, आन्तरिक लगानीबाट पनि अहिलेका पूर्वाधारलाई पनि प्राथमिकतामा राख्ने गरी सरकारले काम गरिहरेको बताए ।
विशेष आर्थिक क्षेत्र सेजको डीपीआर निर्माणको अन्तिम चरण रहेको मन्त्री भण्डारीले पत्रकार सम्मेलन जानकारी दिए । हरैयामा सेज निर्माणका लागि सरोकारवाहरुसँग छलफल गर्ने तयारी सरकारले गरेको बताए ।