arrow

लुम्बिनीले माघ २ मा दियो माघीको सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
public-holiday-sarwajanik-bida.jpg

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक बिदा दिने भएको छ । माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

केन्द्र सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

माघे संक्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ