arrow

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २९ सोमबार
accident-final.jpg

कपिलवस्तु । कपिलवस्तु आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं २ गोरूसिंगेका २० वर्षीय अर्जुन थारू छन् ।

बुद्धभूमि नगरपालिका वडा नं २ बड्हरा पुल नजिक सडकमा बाप्र ०३-००१ ख २२२० नम्बरको ट्रकले लु९१प ३१४३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा थारुको मृत्यु भएको हो । थारु मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका थारुको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ