arrow

समाजलाई विखण्डनतर्फ जान दिनुहुँदैन : सचिव भट्टराई

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
yogesh-bhattarai-600x0.jpg.jpeg
काठमाडौँ। नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संविधान संशोधनको प्रस्ताव मुलुकको हितमा नरहेकाले यसबारे जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिएका छन् । 
 
प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले भौगोलिक विविधताका बाबजुद पनि मिलेर बसेका नेपाली समाजलाई विखण्डनतर्फ लैजाने उद्देश्यले ल्याइएको सो प्रस्तावविरुद्ध नेकपा (एमाले)को नेतृत्वमा विभिन्न नौ दलले यही पुस २२ गते सभा गर्न लागेको जानकारी दिए । 
 
पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले नौ दलले देश र जनताको स्वतन्त्रता र स्वाभिमानको पक्षमा लडाइँ सुरु गरेकाले त्यस्तो अभियानलाई प्रेसले निष्पक्ष रुपमा साथ दिनुपर्नेमा जोड दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ