arrow

माछा पोखरीमा डुबेर एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
mustang-map.jpg
फाइल तस्बिर

मुस्ताङ । मुस्ताङमा माछा पोखरीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थासाङ गाउँपालिका वडा नं २ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचन छन् ।

उनी आफ्नै घर अगाडि रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

माछालाई दाना दिन जाने क्रममा चिप्लिएर लडी उनी पोखरीमा डुब्न पुगेको प्रहरीको आकलन छ ।

घटनाको सूचनापछि प्रहरी चौकी कोवाङबाट प्रहरी सहायक निरीक्षक डिलबहादुर भण्डारीको कमाण्डमा टोली खटिएर घटनास्थलको निरीक्षण, मुचुल्का संकलन गरेको थियो ।

गौचनको शव जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ