arrow

केएमसीले सानेपामा गर्‍यो चार सय बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २७ शनिबार
kmc-81-9-27.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको सानेपामा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

ललितपुर महानगरपालिका वडा नम्बर २ को आयोजनामा टीका विद्याश्रम माध्यमिक विद्यालय सानेपामा भएको स्वास्थ्य शिविरमा ४२८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ७८ जनाको ल्याब परीक्षण, ८४ जनाको अल्ट्रासाउन्ड, ६५ जनाको ईसीजी गरिएको थियो । 

त्यस्तै २८ जनाको दाँत खोलिएको पनि दाहालले बताए । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ