arrow

गैरजिम्मेवार १८ ठेकेदार कम्पनीलाई सात दिनभित्र जवाफ नदिए कालोसूचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
sarwajanik-kharid-anugaman-public-procurement-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो । 

तर सो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो । यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसको आधारमा कालोसूचीमा राख्न लागिएको छ । यस्तै कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । 

उक्त ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ । ठेकेखार कम्पनीहरुको गैरजिम्मेवारी बढेसँगै सरकारले कडा कदम चाल्न थालेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ