एमाले छाडे सर्वेन्द्र खनालले, दुई पटक हारे प्रतिनिधि सभाको चुनाव
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमासमेत नरहेको घोषणा गरेका हुन् ।
‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन’, उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’
पुर्व प्रमुख खनाल एमालेमा प्रवेश गरेपछि उनलाई २–२ पटक टिकट दिइएको थियो । काठमाडौँ ६ र तनहुँबाट टिकट दिए पनि उनी दुवै स्थानबाट पराजित भएका थिए ।
राजनीति नफापेपछि उनले एमाले छाडेको घोषणा गरेका हुन् ।
उनीमाथि प्रहरी प्रमुख छँदा एमालेको निर्देशनमा सांसद अपहरण गरेको आरोप छ ।