arrow

कुवापानी सामुदायिक वन उपभोक्ता समितिमा ठकुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
rajendra-thakuri-dhading.jpg

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङस्थित कुवापानी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा राजेन्द्र बहादुर ठकुरी निर्वाचित भएका छन् ।

समितिको शनिबार सम्पन्न आम भेलाले ठकुरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । ठकुरी विभिन्न सामाजिक संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय छन् भने भीमोदय माविमा प्राध्यापनरत छन् ।

समितिको उपाध्यक्षमा हरिमाया छत्कुली, सचिवमा बेगबहादुर सिटौला, सहसचिवमा भक्तबहादुर विक, कोषाध्यक्षमा रश्मी श्रेष्ठ छन् ।

यस्तै, कार्यसमिति सदस्यमा घनश्याम पाण्डे, प्रेमकुमारी विक, शिवकुमार श्रेष्ठ, डीलकुमारी श्रेष्ठ, सुशीला खान र भगवती देवकोटा छन् ।

भेला संयोजक खड्गप्रसाद बुर्लाकोटी थिए भने गिरीराज कडुवाल र श्यामप्रसाद पाठक सदस्य रहेको राजाराम ठकुरीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ