माछापुच्छ्रे बैंकको संस्थापक शेयर सर्वसाधारणका लागिसमेत बिक्रीमा
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १८ बिहिबार
667
Shares
तस्बिर – फाइल ।
भैरहवा । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ५५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ । यो शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (पुस १८ गते) देखि ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति शेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।