arrow

तार चुँडिएर हराएको विजुली यसरी आयो उपत्यकामा

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
bijuli-gul.jpeg

काठमाडौं । मर्स्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनको जम्प तार चुँडिएर बन्द भएको विद्युत आपूर्ति नियममित भएको छ । तार चुँडिएपछि एका विहानै काठमाडौं उपत्यकामा विद्युत आपूर्ति बन्द भएको थियो ।  

विद्युत् प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारण लाइनबाट वैकल्पिक उपाय अपनाएर विद्युत आपूर्ति नियमित गराएको हो । बिहान ७ः२० बजे एकाएक मर्स्याङ्दी–स्युचाटार प्रसारण लाइनको जम्पर तार चुँडिदा उपत्यकामा साढे दुई घन्टा विद्युत् बहन बन्द भएको थियो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले प्राविधिक टोली तार चुँडिएको स्थानमा मर्मत कार्य भइरहेको र वैकल्पिक उपायका रुपमा कुलेखानीको सप्लाइ युनिटबाट विद्युत् सेवा सञ्चालन गरिएको बताए । प्रवक्ता अधिकारीका अनुसार मर्मतको काम सकिएपछि निद्युत नियमित गराइ वैकल्पिक युनिटबाट जोडिएको विजुली बन्द गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ