काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला शुरु भएको छ । साउथ एसिया इन्टरनेशनल बुकफयर २०२५ बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको हो ।
पाँच दिनसम्म चल्ने पुस्तक प्रदर्शनीमा दक्षिण एसियाली लेखकहरूका विभिन्न पुस्तकहरू प्रदर्शनमा राखिएको छ।