arrow

एमालेबाट निकालिएपछि भीम रावलको पहिलो पत्रकार सम्मेलन, ओलीमाथि आक्रोश [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १७ बुधबार
bhim-rawal-pressmeet.jpg

काठमाडौँ । नेकपा एमालेबाट निष्काशित भएपछि पूर्व उपाध्यक्ष डा भीमबहादुर रावलले पहिलो पटक पत्रकार सम्मेलन गरेका छन् । बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण निष्काशन गरिएको दाबी गरेका छन् ।

 उनी एमालेको गत महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका थिए । ‘अध्यक्ष पदमा उम्मेदवार दिए बापत स्पष्टीकरण खानुपर्ने ?,’ रावलले भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’

अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण कारबाही भोग्नुपर्ने भए यसअघि झलनाथ खनाल र माधवकुमार नेपालसँग किन प्रतिस्पर्धा गरेको भन्दै रावलले ओलीलाई प्रश्न गरेका छन् ।

पत्रकार सम्मेलनमा निकै भीड रहेको थियो ।

bhim-rawal-press-meet (1).jpeg
bhim-rawal-press-meet (1).jpg
bhim-rawal-press-meet (2).jpg
bhim-rawal-press-meet (3).jpg
bhim-rawal-press-meet (4).jpg
bhim-rawal-press-meet (5).jpg
bhim-rawal-press-meet (6).jpg
bhim-rawal-press-meet (7).jpg
bhim-rawal-press-meet (8).jpg
bhim-rawal-press-meet (9).jpg
bhim-rawal-press-meet (10).jpg
bhim-rawal-press-meet (11).jpg
bhim-rawal-press-meet (12).jpg
bhim-rawal-press-meet (13).jpg
bhim-rawal-press-meet (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ