arrow

ग्रगोरियन पात्रो फेरियो, विश्वभर नयाँ वर्षको स्वागत [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १७ बुधबार
new-year-2025y.jpg
तस्बिर–रासस, एपी, एएफपी र सिन्ह्वा ।

काठमाडौँ । आजदेखि ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष शुरु भएको छ । आजबाट इस्वी संवत् २०२५ शुरु भएको हो । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुआत भएको मान्यता छ।

पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। सोही अवसरमा आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ ।

नेपालमा पनि मध्यराति नयाँ वर्षलाई स्वागत गरिएको छ। काठमाडौंको ठमेल, बौद्धलगायत स्थानमा विशेष चहलपहल देखिएको छ।

नयाँ वर्षको पहिलो स्वागत भने न्यूजिल्याण्डबाट गरिएको थियो । पूर्वबाट सूर्य उदाउने भएकाले पूर्वी राष्ट्रहरु न्यूजिल्याण्ड, अष्ट्रेलिया हुँदै एसियामा जापान हुँदै नेपालसम्म आइपुगेको ो । 

अमेरिकामा भने अझै नयाँ वर्षको स्वागत शुरु भएकै छैन । 

 बेलायत, फ्रान्स, जर्मनी लगायतका पश्चिमी युरोपेली देशहरुले अहिले पनि नयाँ वषलाई स्वागत गरिरहेका छन् । जापानमा बौद्ध मन्दिरमा १०८ पटक घण्टा बजाइएको छ । 

दक्षिण कोरियामा हवाई दुर्घटनामा १७९ जनाको मृत्यु भएपछि खुशीयाली सीमित गरिएको छ । 

अष्ट्रेलियाको सिड्नीहार्बरमा पारम्परिक आतिशबाजी भएको छ । 

new-year-2025-welcome (1).jpg
new-year-2025-welcome (2).JPG
new-year-2025-welcome (3).JPG
new-year-2025-welcome (4).jpg
new-year-2025-welcome (5).jpg
new-year-2025-welcome (6).JPG
new-year-2025-welcome (7).JPG
new-year-2025-welcome (8).JPG
new-year-2025-welcome (9).JPG
new-year-2025-welcome (10).jpg
new-year-2025-welcome (11).jpg
new-year-2025-welcome (12).jpg
new-year-2025-welcome (13).jpg
new-year-2025-welcome (14).jpg
new-year-2025-welcome (15).jpg
new-year-2025-welcome (16).jpg
new-year-2025-welcome (17).jpg
new-year-2025-welcome (18).jpg
new-year-2025-welcome (19).jpg
new-year-2025-welcome (20).jpg
new-year-2025-welcome (21).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ