arrow

जीप दुर्घटनामा एकको मृत्यु, चालक फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
accident-final.jpg

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका-५ चाक्ले बगरस्थित भित्री सडकमा आइतबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१-००१ च २९४६ नं को जीपको ‘ब्रेक फेल’ भई सडकबाट झण्डै चार मिटर तल खस्दा कैलाश गाउँपालिका-३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरि अस्पतालमा मृत्यु भएको हो । 

उक्त जीपमा आठ जना सवार थिए । अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । जीप चालक फरार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ