घुस्याहा शाखा अधिकृत तीन लाखसहित पक्राउ, खुवाउने पूर्व कर्मचारी
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
942
Shares
काठमाडौँ । राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं रु तीन लाख घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
पेन्सनपट्टा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगबाट खटिइ गएको टोलीले प्रसाईंलाई सेवाग्राहीबाट रु तीन लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट आइतबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।