arrow

स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १२ शुक्रबार
accident-final.jpg

गुल्मी । गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका वडा नं ६ झापकका ३० वर्षीय विनोद बिक र ४० वर्षीय किरणकुमार थापा छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलका अनुसार चन्द्रकोट गाउँपालिका वड नं ७ सिस्नेखोलास्थित मजुवा-रिडी सडक खण्डमा लु१७प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

मृतक दुवै सडक छेउमा पल्टिरहेको स्कुटरबाट बाटोदेखि अन्दाजी दुई सय ५० मिटर तल सिस्नेखोलामा खसेका थिए ।

पानीमा दुई जना तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उनीहरुको उद्दार गरी उपचारका लागि प्रथामिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनी गुल्मीमा पठाएका थिए ।

उनीहरुलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको एसपी भुजेलले जानकारी दिए ।

तीव्र गतिका कारण स्कुटर दुर्घटना भएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ