पार्टीले छ महिना निलम्बन गरेपछि नेतृत्वलाई पञ्चको संज्ञा दिइन् एमाले नेतृ उषाकिरणले
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
3.3k
Shares
काठमाडौँ । नेकपा एमालेले छ महिना जिम्मेवारीबाट मुक्त गरेपछि केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी नेतृत्वले पञ्चको नक्कल गरेको बताएकी छिन् ।
उनले आफूलाई छ महिना जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको जानकारी पाएपछि सामाजिक सञ्जालमा लेख्दै पञ्चसँग लडेर आएको पार्टीले पञ्चको नक्कल नगरेको भए हुने बताएकी हुन् ।
बुधबार बसेको एमाले सचिवालय बैठकले पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै तिम्सिनासँगै स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गर्दा डा भीमबहादुर रावललाई पार्टीबाटै निष्कासन गरेको हो ।
यसो लेखेकी छिन् उपाकिरणले सामाजिक सञ्जालमा– ‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं १ अन्तरगत शिबपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आईपुगेँको छु । तल्लो तहका आम कार्यकर्ता , तिनको लगाब , मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ । पंचायत बिरुद्द लडेर आउनु भएको नेतृतवगणले पंचकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’