arrow

राप्रपाको पदाधिकारी बैठकद्वारा गौ हत्याको भर्त्सना, अरु के–के भए निर्णय

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
RPP-Nepal.jpg.jpeg
काठमाडौं । कैलालीमा गत साता भएको ठूलो संख्यामा गाई तथा गोरुको रहस्यमयी हत्या प्रति राप्रपा केन्द्रीय पदाधिकारी तथा सचिवालय बैठकले भत्र्सना गरेको छ । बुधबार धुम्बाराहीमा बसेको बैठकले सो घटना प्रति भत्र्सना गर्दै दोषी पत्ता लगाएर कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । 
 
त्यस्तै, राप्रपाले पुष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्तीको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा भव्यताका साथ मनाउने निर्णय पनि गरेको छ । यसको लागि उसले ११ वटा विषयगत समितिहरु समेत गठन गर्ने निर्णय गरेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । 
 
साथै, सो दिन सार्वजनिक विदा दिन सरकारसँग आग्रह गर्ने निर्णय समेत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । राप्रपाले यही दुई विषयलाई समेटेर ४ बुँदे निर्णय गरेको हो । 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ