arrow

बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
bus-accident-brazil-sao-pau.jpg

रियो दि जिनरियो । ब्रजिलमा भएको एक भयानक दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । नास गेराइस राज्यको राजमार्गमा सो दुर्घटना भएको हो । 

सो दुर्घटनामा धेरै मानिसहरु घाइते भएका छन् र उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।  

मिनास गेराइस राज्य ब्रजिलको दक्षिण पूर्वी भागमा अवस्थित छ। उद्धार  विभागका अनुसार जसमा १३ जना घाइते भएका छन् । जसलाई उपचारका लागि टियोफिलो ओटोनी सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ । 

मिडिया रिपोर्टका अनुसार यो बस साओ पाउलोबाट प्रस्थान गरेको थियो।  बसमा जम्मा ४५ जना सवार थिए । शुरुमा बस र ट्रक एक आपसमा ठोक्किएको थियो । 

त्यसपछि पछाडि दौडिरहेको कार पनि दुर्घटनाको सिकार बन्यो । उक्त कारमा तीन जना सवार रहेको बताइएको छ । जसलाई सामान्य चोट लागेको छ । प्रहरीका अनुसार बसको टायर फुटेका कारण दुर्घटना भएको हो । टायर फुटेपछि चालकले नियन्त्रण गुमाएका थिए ।

जसका कारण बस आइरहेको ट्रकसँग ठोक्किएको हो । २२ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ