केएमसीको स्वास्थ्य टोलीले भक्तपुरमा गर्यो सात सय बिरामीको निःशुल्क उपचार
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
644
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका २ मा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
मध्यपुर थिमी नगरपालिका वडा नम्बर २ को आयोजनामा स्वास्थ्य केन्द्रको भवनमा भएको स्वास्थ्य शिविरमा ६९५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ७२ जनाको ल्याब परीक्षण, ६८ जनाको ईसीजी, ९० जनाको भिडियो एक्सरे गरिएको थियो ।
२८ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।