arrow

एसिया कप महिला यू–१९ क्रिकेट

नेपाल र भारत मैदानमा, नेपाल पहिले ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
u19-asiacuup-women-nep-ind.jpg

काठमाडौँ । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटमा नेपालले अहिले भारतसँग खेलिरहेको छ । 

मलेसियाको क्वालालम्पुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । यो खेललाई निकै प्रतिक्षाका साथ हेरिएको छ । किनकि नेपालले पाकिस्तानमाथि जित हासिल गरी सनसनी मच्याइसकेको छ । 

समूह ए को नेपालले सोमबार पाकिस्तानमाथि शानदार जित हासिल गर्दै सुपर फोरमा स्थान बनाइसकेको छ । 

नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १०४ रन बनायो । 

ओपनर कोमल खानले ४२ बलमा ३८ तथा महम एन्नेसले ३९ बलमा २९ रन बनाइन् । 

नेपालका लागि कप्तान पूजा महतोले २ तथा रचनाकुमारी चोधरी, रिया शर्मा तथा सीमना केसीले १–१ विकेट लिए । 

जवाफमा १०५ रनको सामान्य चुनौती नेपालले १९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गर्दै ४७ बलमा अविजित रहँदै ४७ रन बनाइन् । 

त्यस्तै सोनी पाख्रिनले १३ तथा सीमना केसीले अविजित रहँदै १२ बलमा १२ रन बनाइन् ।

पूजा महतोको कप्तानीमा नेपालले पहिलो पटक विश्वकप टी–२० क्रिकेटमा स्थान बनाएको छ । 

विश्वकपमा छानिएसँगै नेपालले पहिलो पटक आयोजना भएको टी–२० एसिया कपमा पनि स्थान बनाएको हो । 

भारतले यसअघि पाकिस्तानलाई ९ विकेटले हराएको थियो । दुवै खेल हारेसँगै पाकिस्तान बाहिरिएको छ भने नेपाल भारतसँग खेल्नुअघि नै सुपर फोरमा पुगेको छ । 

अर्को समूहमा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । बंगलादेशले दुवै खेल जितेको छ भने श्रीलंका एक जितसहित सुपर फोरमा पुगेको छ । मलेसिया दुवै खेल हारेर बाहिरिएको छ । 

पाँचौँ स्थानका लागि पाकिस्तान र मलेसिया भिड्ने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ