काठमाडौँ । साइबर अपराधको कसूरमा प्रहरीले शोभा पाठकलाई पक्राउ गरेको छ ।
राजकुमार त्रिपाठीको जाहेरीमा पाठकलाई सोमबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “त्रिपाठीले उनीविरुद्ध गत मङ्सिर २८ गते जाहेरी दिएको र सोमबार उनलाई पक्राउ गरिएको हो ।” यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।