arrow

माछापुच्छ्रे बैंकले घटायो ब्याजदर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
machhapuchhre-bank-mbl-head-office.jpg

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

बैंकले मंसिरमा मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ४.२५ प्रतिशत र रेमिट्यान्समा ७ प्रतिशत ब्याजदर तोकेको छ । 

यसअघि बैंकले ४ महिनादेखि व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्समा ८ प्रतिशत ब्याज प्रदान गर्दै आएको थियो ।

बैंकले मंसिरमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकको आधार ८.१७ प्रतिशतबाट घटेर ७.५८ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेडदर भने ३.९९ प्रतिशत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ