arrow

ऊर्जामन्त्री खड्काको स्पष्टीकरण- स्काउटको विवाद मसँग जोडिएको छैन [भिडियो]

स्काउटसँग जोडेर आएका समाचार नियोजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
deepak-khadka-09-30.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्यान्ड डेभलपमेण्टको विवाद कानूनी हिसाबले आफूसँग नजोडिएको बताएका छन् । नेपाल स्काउट र मन्त्री खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेण्ट बीचको विवाद यति बेला उत्कर्षमा छ । मन्त्री खड्काको कम्पनीले नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर लामो समयदेखि व्यापार गर्दै आएको थियो । तर मन्त्री खड्काको कम्पनीले भाडा बापत पैसा उठ्न नसक्दा स्काउटलाई पैसा तिर्न नसकेको मन्त्री खड्काले बताए । 

उनले पछिल्लो समय नियोजित रूपमा आफू सङ्लन नभएको कम्पनीको कारोबारमा आफ्नो नाम जोडेर समाचारहरू आएको बताए । उनले स्काउटसँग जोडेर आएका समाचार नियोजित भएको बताए । उनले आफूले मन्त्री भएर गरेका राम्रो काम देख्न नचाहनेहरूले राजनीतिक चरित्र हत्या गर्ने र मन्त्रीबाट हटाउने योजनाका साथ समाचारहरू आएको बताए । उनले स्काउट ऋणमा पुगेपछि टेन्डर प्रक्रियाबाट जग्गा र भवन प्रतिस्क्वयर फिट ४७ रुपैयाँमा महिनाको २५ लाख भाडा तिर्ने गरी लिएको बताए । उनले आफू कम्पनीमा हुँदा समेत भाँडाको समस्या नभएको तर कोभिडको समयमा सटर बन्द हुँदा भाडा उठाउन नसक्दा स्काउटलाई भाडा तिर्न नसकेको स्वीकार गरे । 

उनले भने,‘स्काउटसँग मलाई जोडेर समाचार आउनु नियोजित हो । केही गर्न खोज्दा मान्छेहरूलाई भुडिपोल्ने भएको कारणले राजनीतिक चरित्र हत्या गर्ने सोचका साथ मन्त्रीबाट हटाउन पाए हुन्थ्यो भनेर मात्रै समाचारहरू आएका हुन् । स्काउट ऋणमा पुगेपछि मैले टेन्डर प्रक्रियाबाट भाडामा जग्गा लिएको हो । मैले प्रतिस्क्वायर फिट ४७ रुपैयाँ र महिनाको २५ लाख भाडा तिरेर बसेको हो । म स्काउटको जग्गा लिने कम्पनीमा म हुँदासम्म समस्या थिएन । तर स्काउटले विद्युत् लाइन काट्ने,गेटमा चाबी लगाउने लगायतका काम निरन्तर भइरहेका थिए । संसद्मा पनि यो विषयले प्रवेश पाएको हो । कोभिडको कारणले सटर भाडा तिर्न नसकेको कारण भाडा बुझाउन नसकेको हो । ४ करोड रुपैयाँ उठान र ३ करोड तिर्न बाँकी रहेको थियो । महिनाको २५ लाख रुपैयाँ भाडा भएपछि दुई वर्षमा ३ करोड पुग्नु ठूलो कुरा भएन । एक महिनाको भाडा तिर्दा तीन महिनाको भाडा तिर्न सक्दैनन् । सामान्य भाडा लिने र दिनेको कुरा राष्ट्रिय पत्रिकाहरूमा आउनुको पछाडि केही छ । मसँग कानूनी हिसाबमा जोडिँदैन ।’
उनले स्काउटले विद्युत् लाइन काट्ने,गेटमा ताल्चा लगाउने लगायतका काम निरन्तर भइरहेकाले विवाद बढेको बताए । उनले कम्पनीले ४ करोड रुपैयाँ भाडा उठाउन बाँकी रहेको भन्दै ३ करोड रुपैयाँ स्काउटलाई तिर्न बाँकी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ