arrow

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
accident-final.jpg

पोखरा । बागलुङमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी मुसीकोटका २४ वर्षीय टेकबहादुर विक छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शुक्रबार राति गलकोट नगरपालिका वडा नं ३ भैसेको पुलस्थित सडकमा ध१त १९२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा चालक विक गम्भीर घाइते भएकामा उपचारका लागि नगर अस्पताल गलकोट लगिएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ