arrow

रमा शर्मा पुनः नेपाली शिक्षा परिषद्की अध्यक्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २९ शनिबार
nepali-sikchaya-parisad-81.jpg

काठमाडौँ । बितेको ७३ वर्षदेखि निरन्तर सक्रिय संस्था नेपाली शिक्षा परिषद्को साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंस्थित परिषद् (लेखनाथ साहित्य सदन)को सभाकक्षमा आयोजित साधारण सभाले साहित्यकार रमा शर्मालाई पुनः अर्को तीन वर्षका लागि प्रबन्ध समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

सभाले सदस्यसचिवमा लक्ष्मण थापा, कोषाध्यक्षमा शंकरप्रसाद पाण्डे र सदस्यहरूमा डा. इन्दिरा शर्मा, किरण थापा, डा. बमबहादुर थापा जिताली र रमेश खकुरेललाई सर्वसम्मत चयन गरेको छ । 

साधारण सभामा सदस्यसचिवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । दुवै प्रतिवेदन सभाले पारित गरेको छ । 

परिषद्की अध्यक्ष रमा शर्माले नेपाली शिक्षा परिषद्को विगत र त्यसले गरेको कामको चर्चा गर्दै आफूहरूले अझै पनि धेरै काम गर्न बाँकी रहेको बताइन् । 

वि.सं. २००८ सालमा स्थापित परिषद्ले हरेक वर्ष आदिकवि भानुभक्त पुरस्कार, गोपाल पाँडे असीम पुरस्कार र लेखनाथ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ