arrow

‘काँग्रेसले यसकारण भनेकाे हाे पुरानै संरचनामा चुनाव गरौं’

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
Ramchandra-Poudel-11.jpg.jpeg

धादिङ  । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानप्रति असन्तुष्टि प्रकट गरिरहेका मधेसकेन्द्रित दललाई संविधान कार्यान्वयनमा सहभागि बनाउन र अपनत्व दिलाउन संविधानको संशोधन प्रस्ताव ल्याइएको बताएका छन् ।

मंगलबार बिहान नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने, ‘मधेसमा बस्ने जनता पनि नेपाली नै हुन्, उनीहरुमा राष्ट्रप्रतिको माया कसैभन्दा कम छैन ।’

स्थानीय तहको निर्वाचन गराउन आयोगले निर्धारण गर्न खोजेको गाउँपालिका र नगरपालिकाको सङ्ख्यामा सबै सहभागि हुने अवस्था नरहेको र प्रदेश २ मा छलफल नै हुन नसकेकाले यस्तो स्थितिमा स्थानीय तहको निर्वाचन गराउन समस्या पर्न जाने देखिएकाले पुरानै संरचनाअनुसार निर्वाचन गराउन काँग्रेसले प्रस्ताव गरेको पौडेलले बताए ।

लामो समयदेखि जिल्लाले आफ्नो पहिचान बनाइसकेको र भौतिक संरचना निर्माणमा सरकारको धेरै खर्च भई स्थापित भइसकेकाले ७५ जिल्लालाई विस्थापित गर्न नमिल्ने बताउँदै नेता पौडेलले अधिकारको बाँडफाँट गरी स्थानीय तह अन्तर्गत जिल्लाको स्थान सुरक्षित रहनुपर्ने धारणा राखे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ