तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा डीपी अधिकारी निर्वाचित भएका छन् । महासंघको २७औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अधिकारीले ३३ मत प्राप्त गरी विजयी भएका हुन् ।
महासंघको कुल ५१ मतमध्ये ४४ मत खसेको थियो । उनका निकटतम प्रतिस्पर्धी नारायण खड्काले ११ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा प्रताप रानाले ३० मत प्राप्त गरी विजयी बनेका थिए भने उनका प्रतिस्पर्धी सानेबहादुर नेपालीले ११ मत प्राप्त गरे ।
यसैगरी सचिवमा कृष्ण न्यौपानेले ३६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पधी अस्मिता खनालले १६ मत प्राप्त गरिन् ।
यसैगरी सहसचिवमा ऋषिकान्त दुवाडीले ३० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पधी विनोद ढुंगानाले १३ मत प्राप्त गरे ।
कार्यसमिति सदस्यमा विकास खनाल ४१, विष्णु गौतम ३६, उपेन्द्र खनाल ३०, राजेश्वर हड्खले ३० मत प्राप्त गरी बिजयी बने । सदस्य पदमै अशोक विश्वकर्माले ११ मत प्राप्त गरी पराजित बने ।