arrow

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
accident-final.jpg

पोखरा । पोखरामा गएराति सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं २० घर भई हाल पोखरा महानगरपालिका वडा नं ११ फूलबारी बस्ने ३१ वर्षीय प्रदीप राई छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नं ८ नागढुङ्गास्थित सडकमा ग१ख ३७५४ नम्बरको बसले र बा.प्र.०४४ प ८७२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ