arrow

जाजरकोटमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
Accident-sign.jpg

सुर्खेत ।  जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
 
ग३च ९४४५ नम्बरको जीप गए राति दुर्घटना हुँदा  नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए । 

घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  प्रहरीका अनुसार बुधबार राति कालिमाटी बजारबाट कैना हुँदै कटके गाउँ जाने क्रममा नलगाड नगरपालिका वडा नं ३ को बाँस्कुटी उकालोमा जीप दुर्घटनमा परेको हो । जीप उकालो घुम्ती नजिकबाट बिराखोलामा झरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ