arrow

जीप दुर्घटनामा चालकसहित चार जनाको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
accident-final.jpg

जाजरकोट । जाजरकोटमा गएराति जीप दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

मृत्यु हुनेमा जीप चालक इन्द्रजित थापा, यात्रु शारदा थापा, शीला पुन र लक्ष्मी पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

साथै लक्ष्मी पुनको एक महिनाको छोरा बेपत्ता भएकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका दुईको उद्धार उपचारका लागि अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार बुधबार राति कालिमाटी बजारबाट कैना हुँदै कटके गाउँ जाने क्रममा नलगाड नगरपालिका वडा नं ३ को बाँस्कुटी उकालोमा जीप दुर्घटनमा परेको हो । जीप उकालो घुम्ती नजिकबाट बिराखोलामा झरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ