मीनबहादुर गुरुङबाट एमालेले दानमा लिएको जग्गा विवादको मुद्दा फेरि चढ्यो पेशीमा
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
2.8k
Shares
काठमाडौँ । पटक पटक पेशीमा चढ्दै सर्दै आएको नेकपा एमालेले दानमा लिएको जग्गा प्रकरणमा आज छलफल हुने भएको छ ।
पार्टी कार्यालय निर्माणका लागि एमालेले कीर्तिपुरमा पाएको दानको जग्गा विवादसम्बन्धी मुद्दाको पेशी न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा तोकिएको छ।
व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई दानमा जग्गा दिएपछि त्यसविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
जुन जग्गाको विवाद पेशीमा चढ्दै र अन्तिममा हेर्न नभ्याइने भन्दै सर्वोच्च अदालतले स्थगित गर्दै आएको छ ।