arrow

गढीमाई दर्शन गरेर फर्किँदा गाडी दुर्घटना, आठ जनाको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
accident-final.jpg

रौतहट । बाराकाे गढीमाई दर्शन गरेर फर्किएका दर्शनार्थी सवार स्कारपियो आज बिहान रौतहटमा दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै ज्यान गएको छ । साे दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । 

रौतहटको चन्द्रपुर नगरपालिकाको धन्सार-लमाहा सडकखण्डमा बा१६च ३१६२ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट उछिट्टिएर सडकभन्दा केही तलको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनसार मृतकको सनाखत हुन बाँकी छ । सो दुर्घटनामा चालकको पनि मृत्यु भएको पुष्टि भएको डीएसपी राईले बताए ।

साथै तीन जना घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको डीएसपी राईले जानकारी दिए ।

दुर्घटनाबारे थप अनुसन्धान र आफन्तको खोजी भइरहेको उनले बताए । सबै दर्शनार्थी सिराहा अर्नमा गाउँपालिकाका हुन सक्ने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ