एमाले सचिवालय बैठक बस्दै, ओलीको चीन भ्रमणदेखि उपनिर्वाचनको समीक्षा
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
2.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआईको विषय, उपनिर्वाचनको परिणाम र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीले जनाएको छ ।