arrow

देश सङ्कटको चक्रव्यूहमा फस्यो : कमल थापा

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
kamal-thapa-news.jpeg

भक्तपुर  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश सङ्कटको चक्रव्यूहमा फसेको बताएका छन् । भक्तपुरमा आयोजित कार्यक्रमा अध्यक्ष थापाले भने, ‘परिवर्तनलाई संस्थागत गर्ने नाममा ठूला दलले गलत नीति लाद्ने काम गरेकाले देशमा अस्थिरता र अराजकता बढ्दै गएको हो ।’

अध्यक्ष थापाले नेपाली जनताले ठूला तीन दलको विकल्प खोजेको अवस्थामा दुई राप्रपाबीच एकीकरण भएको चर्चा गर्दै राप्रपा जनताले रोजेको दल हुने जिकिर गरे । भूमिसुधारमन्त्री विक्रम पाण्डेले मुलुकको विकास र समृद्धिका लागि नेपाली युवा वर्गलाई सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिए । राप्रपा केन्द्रीय सदस्य दीनेश श्रेष्ठ, क्लबका अध्यक्ष राजेन्द्र लाखालगायतले युवा वर्गलाई समेटेर राप्रपा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ