arrow

कांग्रेस कोशी प्रदेश सम्मेलनमा डा. शर्माले के भने ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २२ शनिबार
sunil-sharma-09-22.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले कांग्रेसलाई एक बनाएर लैजानुपर्ने बताएका छन् । नेपाली कांग्रेस कोशी प्रदेश प्रथम सम्मेलनको उद्घाटन समारोहमा मन्तव्य राख्दै शर्माले कांग्रेस सभापति शेरबहादुर देउवा बीपी कोइरालासँग काम गरेको भएकाले सबैलाई मिलाएर लैजानुपर्ने धारणा राखे । उद्घाटन समारोहमा कांग्रेस नेता शेखर कोराला उपस्थित भएनन् । 

डा शर्माले भने ,' आज शेखर कोइराला यो सम्मेलनमा हुनुहुन्न । कांग्रेस सभापति शेरबहादुर देउवा बीपी कोइरालासँग काम गर्नुभएको मान्छे तपाईँले आफ्नो अन्तिम समयमा पार्टीलाई विभाजित नगरी मिलाएर लैजानुपर्छ । जे भयो भयो अब विराटनगरबाट सम्पूर्ण देशलाई मिलेर जाने सन्देश दिनुपर्छ ।' 

उनले पार्टी भित्र नेताहरूको सम्पत्तिको छानबिन हुनुपर्ने पनि माग गरे । उनले भने,'जनताले प्रश्न उठाइ रहेका छन् । जनताहरू भ्रमित पनि गाउँबाट शहर पस्नुभएको साथीहरू जो एक जोडी चप्पल लगाएर जानुभएको थियो अहिले राज्यलाई कर नबुझाई अरबपति कसरी बन्नु भयो ? तीन देखि सात करोडको गाडीहरू कसरी चढ्नुभयो ? नेपाली कांग्रेसले यसको छिनोफानो चिरफार गर्नुपर्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ