arrow

बुझ्दै नबुझी बीआरआई सम्झौताबारे टिप्पणी नगरौँ- परराष्ट्रमन्त्री राणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २२ शनिबार
arju-rana-09-22.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् ।

हेग प्रस्थान गर्ने क्रममा परराष्ट्रमन्त्री राणाले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरेको बताइन्। 

उनले ऋण लिने÷दिने व्यवहार लिने पक्षको मन्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाए। 

नेपालले चीनसँग बीआरआई बाहेक अन्य कुनै सम्झौता हस्ताक्षर नगरेको पनि स्पष्ट पारिन् । 

चीनले अघि सारेका डेभलपमेण्ट इनिसिएटिभ्स बारेमात्रै नेपालको चासो भएको बताए। बीआरआई सम्झौता आफैँ विकास सहायता भएको बताइन्। 

नेपालले चीनको ग्लोबल डेभलपमेण्ट इनिसिएटिभ्समा मात्र सहभागी भएको बताइन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ