arrow

केएमसीको स्वास्थ्य टोलीले गौरीघाटमा गर्‍यो छ सय बिरामीको निःशुल्क उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
kmc-81-8-21.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको गौरीघाटमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

हिलारी इङलिश स्कूलको आयोजनामा स्कूलको भवनमा भएको स्वास्थ्य शिविरमा ६३५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ८२ जनाको ल्याब परीक्षण, ६८ जनाको ईसीजी, ९७ जनाको भिडियो एक्सरे गरिएको थियो । 

१८ जनाको दाँत खोलिएको थियो भने ३२ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ