काठमाडौं । २६ डिसेम्बर अर्थात् आजकै दिन विश्वभरमा माओबादीहरुले सर्वहाराका नेताको रुपमा माओबो जन्मजयन्ति मनाउने गर्दछन् । राजनीतिक रुपमा माओको सम्पूर्ण विचार अंगीकार गर्नेदेखि नेपालमा जस्तो माओको व्यानरमा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नेहरुसम्मले माओको जन्मदिन भने मनाईरहेकै हुन्छन् ।
सोमबार माओको १ सय २३ औं जन्मजयन्ति हो । १८९३ डिसेम्बर २६ का दिन चीनको हुनान प्रान्तमा जन्मिएका माओ उनी चीनी क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो ।
बाल्यकालदेखि नै क्रान्तिकारी स्वभाव बोकेका माओको राजनीतिक यात्रा वा राजनीतिक सुरुवात नै जोखिमपूर्ण क्रान्तिबाट भएको थियो । १० अक्टोबर १९११ देखि १२ फेब्रुअरी २०१२ सम्म जारी रहेको जिहाई क्रान्तिमा आफ्नो पढाईलाई समेत त्यागेर तन र मन दिएर लागेका माओ कुईङ राजवंश ढलेपछि फेरि सेना छाडी विद्यालयमा भर्ना भएका थिए । यहीबाट माओको राजनीतिक उडान सुरु भएको थियो । जुन उडानको कारण पछि गएर चीनले नै एउटा नयाँ राजनीतिक विचारको जन्म गरायो ।
सन् १९१८ मा स्नातक सकेपछि सन् १९१९ को चार मई आन्दोलनको निम्ति आफ्ना शिक्षक अनि भविष्यका ससुरा प्राध्यापक याङ् च्याङ् जि सित बेजीङको यात्रामा गएका थिए र प्राध्यापक याङ् च्याङ् जि पेकिङ् विश्वविद्यालयमा महत्वपूर्ण पदमा रहेको कारण उनको सिफारिसमा माओले सहायक पुस्तकालयाध्यक्ष पदमा रही काम गरेर माओले पार्टी टाईम छात्रको रुपमा रही केही मात्रामा व्याखान र विद्वानहरुको सेमिनारहरुमा भाग लिए । सङ्घाईमा रहँदा माओले साम्यवादी सिद्धान्तको अध्ययनमा आफूलाई संलग्न गराए ।
यिक्सिनोसित विवाहित (बाबुले गराईदिएको विवाह जसलाई माओले कहिल्यै स्वीकारेनन्) भएर पनि उनले प्रोफेसर यांगकी छोरी तथा आफ्नी सहपाठी यांग काइहुइसँग बिहे गरे। अक्टूबर १९३० मा, कुओमिन्टांगले यांग काइहुइ र उसको छोरा एनिंगलाई पक्राउ गर्यो । पछि गएर एनिंगलाई उसका आफन्तकहाँ पठायो तर उसकी आमालाई भने मारियो।
त्यस बेला माओ उनकी सहकर्मी १७ वर्षिया केटी हि जिझेन्सित बस्थे, भाषा कौशलतामा कमजोर भएकाले जियांग सम्प्रदायसित बसे तापनि उनले मन्दारिन् चीनियाँ भाषा सिक्न सकेनन्। उनले फ्रांसमा अध्ययन गर्ने अवसरलाई पनि अस्वीकार गरे।
२३ जुलाई १९२१ का दिन, माओले, २७ वर्षको उमेरमा सङ्घाइमा चीनको कम्युनिष्ट पार्टीको राष्ट्रिय काङ्ग्रेसमा भाग लिए । दुई वर्षपछि, उनी पार्टीको तेस्रो काङ्ग्रेस अधिवेशनमा पाँच कमिसारमध्येमा एक प्रतिनिधिको रुपमा छानिए सोही साल केन्द्रीय समितिको आदेशमा माओ हुनान् कुओमिन्टांग शाखा सञ्चालन गर्नका निम्ति हुनान् फर्किए। सन् १९२४ मा, उनी कुओमिन्टांगको राष्ट्रिय अधिवेशनका प्रतिनिधि बने, जहाँ उनी केन्द्रीय समितिका अतिरिक्त प्रमुख छानिएको विकिपिडिया नेपालले जनाएको छ ।।