arrow

नेवानिका पदाधिकारीलाई १५ दिन भित्र सुधारका कार्ययोजना पेश गर्न मन्त्री पाण्डेको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
badri-pandey-81-8-20.jpg

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्य योजना पेस गर्न  नेपाल वायुसेवा निगमका पदाधिकारीलाई  निर्देशन दिएका छन् । 

नेपाल वायुसेवा निगमको  केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् । 

निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै उनले निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्ने बताए । 

निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पाण्डेले निगमले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्नसमेत निर्देशन दिए । 

निगमलाई घाटा लगाउने चिनियाँ जहाजको ब्यवस्थापनमासमेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ