arrow

जब समाजले चौथो अंगको चिन्तन गर्याे

logo
नारायण वली,
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
pree- health- camp-3.jpg

लुम्बिनी । "आफ्नो मानो खाएर अर्काको छानो छाउने" पेशा हो पत्रकारको । उसलाई कसरी समाजलाई सूसुचित गराउने बाहेस अन्य बिषयमा खासै ध्यान हुँदैन् । समाचार संकलनका लागि भोको पेट हरेक समायानूकुलसँग जुँधेर खटिने पत्रकारहरुबारे न राज्यलाई चिन्ता छ, न त अन्य गैरसरकारी निकायलाई । आफ्नो ज्यानलाई कुनै प्रबाह नगरी पत्रकारिता पेश तल्लिन हुने पत्रकारहरुको चिन्तन गर्दै दाङ रुपन्देही सम्पर्क समाज, बुटवलले पत्रकारहरुको स्वास्थ्य जाँच गरेको छ । 

बुटवलमा क्रियाशिल पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण शिविर राखेर बिहीवार दुई दर्जन पत्रकारहरुको मधुमेह, उच्च रक्तचाप र मृगौलाको परिक्षण गरेको हो । बुटवल प्रयोगशाला र मेडिक्रस डाएग्नोसिष्ट ल्याब्रोरेटरीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा समाजका अध्यक्ष रेशम बहादुर महराले लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. सागर पौडेललाई ल्याबसम्बन्धि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै शुभारम्भ गरेका थिए ।

अध्यक्ष महराले समुदायमा रहेर सामाजिक उत्तरदायित्वका धेरै काम गर्दै आएको बताउँदै बुटवल उपमहानगरपालिकामा  सरसफाई, रक्तदान, सचेतनामुलक लगायत देशैकै पहिलोपटक पत्रकारहरुको मात्रै स्वास्थ्य परिक्षण कार्यक्रम गर्न सफल भएको जिकिर गरे ।

लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा.सागर पौडेलले स्वास्थ्य सचेतना आजको आवश्यकता औंल्याउँदै आम नागरिकलाई सूसुचित गराउने पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गरेर समाजले राखेको शिवीर अत्यन्तै महत्वपूर्ण कार्य भएको बताए । उनले भने, कुनै पनि व्यक्तिको मृगौला खराब भएको लक्षण धेरै ढिला हुने भएकाले समयसमयमा यसको जाँच गराउन जरुरी रहेको सुझाउँदै मृगौला खराब हुने मुख्य कारणका रुपमा अहिले उच्च रक्तचाप र मधुमेह देखिएकाले खानपान जिवनशैलीलाई परिवर्तन गर्न आवश्यक रहेको छ । 

कार्यक्रममा मेडिकल ल्याब्रोटरी एशोसियसन (मेलान) केन्द्रिय सचिवालय सदस्य तथा बुटवल प्रयोगशालाका सञ्चालक गुणानिधि खनाल, मेडिक्रस डाएग्नोसिष्ट ल्याब्रोरेटरीका सञ्चालक मनोज काफ्ले, नयाँदिशा डटकमका सम्पादक श्यामललाल पोख्रेलले धेरै महत्वपूर्ण कार्यक्रम गरिएको भन्दै आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्न सुझाव दिए ।

समाजका सचिव तथा शिविरका संयोजक नारायण वलीले दुई दर्जन पत्रकारहरुको स्वास्थ्य परिक्षण अन्तर्गत मृगौलाको अवस्था जाँचसहित उच्च रक्तचाप र मधुमेह परिक्षण गरिएको बताए । शिविरमा तीनजनालाई मधुमेह र एकजनालाई पिसाब समस्या देखा परेको ल्याब परिक्षण रिर्पोटले देखाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ