बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, नेपाललाई १२ अर्ब ४ करोड अनुदान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
628
Shares
काठमाडौँ। नेपाल र चीनबीच बेल्ट एन्ड रोड बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । चीनको चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राईले यस्तो बताएका हुन् ।
उनले चार दिने चीन भ्रमणको क्रममा भएको नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा १० आयोजनाहरू रहेको बताए । उनकाअनुसार उक्त सम्झौतामा टोखा-छहरे सुरुङ मार्ग सम्बन्धी पत्र आदान-प्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान-प्रदान,निर्यात सम्बन्धी प्रोटोकल,नौतले वसन्तपुर दरबार पुनः निर्माण सम्पन्न प्रमाणपत्रको आदान-प्रदान,विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र,नगद सहयोग सम्बन्धी पत्र आदान-प्रदान,स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्रमा सम्झौता भएको छ ।
चीन भ्रमणका क्रममा चीन सरकारका तर्फबाट वि.स.२०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन करिब २ अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सी चिनफिङले थप अनुदान ५०० मिलियन अर्थात् नेपाली रुपैयाँ ९ अर्ब ३४ करोड अनुदान घोषणा भएको जानकारी दिए । उनले भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको पनि बताए । उनले यो पटक नेपालले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्चार,पूर्वाधार निर्माण,कृषि,ऊर्जा,वाणिज्य लगायत क्षेत्रका केही महत्त्वपूर्ण विकास परियोजनाहरू अघि सारेको पनि बताए । चीन भ्रमणले आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको बताए ।
उनले भने,‘चीन भ्रमणका क्रममा मैले चीनका महामहिम राष्ट्रपति सी चिनफिङसँग भेट गरी दुई पक्षीय हितका विविध विषयहरूमा छलफल गरे । मैले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री लि छियाङले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता सम्पन्न भयो । उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरूमा घनीभूत र हार्दिकतापूर्ण छलफल भयो । चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाओ लुचीसँग पनि मेरो भेटघाट र छलफल भयो । बुद्धिजीवी,प्राध्यापक,विद्यार्थी तथा प्रबुद्ध वर्गहरूको उपस्थितिमा बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजना गरिएको एक प्राज्ञिक कार्यक्रममा मैले प्रमुख वक्ताका रूपमा सम्बोधन गरे । नेपाली राजदूतावास,बेइजिङ,चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रूपमा आयोजना गरेको नेपाल-चीन बिजनेस फोरमलाई मैले सम्बोधन गरे । उक्त अवसरमा नेपालको पर्यटकीय आकर्षण र लगानीको सम्भावनाको चर्चा गर्दै चिनियाँ जनतालाई नेपाल भ्रमण गर्न र नेपालमा लगानी गर्न आह्वान गरेको छु । बेइजिङस्थित नेपाली राजदूतावासले म र मेरो प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गरेको रात्रि भोजमा सहभागी भए । सो अवसरमा चीनमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र चिनियाँ भित्रहरूसँग मेरो संवाद भयो । भ्रमणका अवसरमा नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भयो । बीआरआईअन्तर्गत १० परियोजनाहरू जसमा टोखा-छहरे सुरुङ मार्ग सम्बन्धी पत्र आदान-प्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान-प्रदान,निर्यात सम्बन्धी प्रोटोकल,नौतले वसन्तपुर दरबार पुनः निर्माण सम्पन्न प्रमाणपत्रको आदान-प्रदान,विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र,नगद सहयोग सम्बन्धी पत्र आदान-प्रदान,स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्रमा सम्झौता भएको छ । चीन सरकारका तर्फबाट वि.स.२०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन करिब २ अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सी चिनफिङले थप अनुदान ५०० मिलियन नेपाली ९ अर्ब ३४ करोड अनुदान घोषणा भएको छ । भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको छ । यो पटक हामीले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्चार,पूर्वाधार निर्माण,कृषि,ऊर्जा,वाणिज्य लगायत क्षेत्रका केही महत्त्वपूर्ण विकास परियोजनाहरू अघि सारेका छौँ । यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको छु ।’
उनले चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गरी दुई पक्षीय हितका विविध विषयहरूमा छलफल गरेको जानकारी दिए । उनले नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री लि छियाङले नेतृत्व गरेको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको र उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरूमा घनीभूत र हार्दिकतापूर्ण छलफल भएको जानकारी दिए ।
भ्रमणका क्रममा चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाओ लुचीसँग पनि मेरो भेटघाट भएको बताए ।