काठमाडौँको जडिबुटीमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
464
Shares
काठमाडौँ । काठमाडौँको जडिबुटीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कार र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा बा २० च १६०५ नम्बरको कार र लु ४८ प ७११० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।
गए राति भएको दुर्घटनामा परी मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका ४ घर भई काठमाडौँको अनामनगर बस्ने ३० वर्षीय बुद्धिसागर चापागाईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।