arrow

मोटरसाइकल दुर्घटनामा नार्कका अधिकृतको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
Accident-sign.jpg

नवलपुर । नवलपुरको गैंडाकोटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिका वडा नं. ७ का ३५ वर्षीय पंकज ज्ञवाली रहेका छन् । उनी कृषि अनुसन्धान परिषद (नार्क) खुमलटारका प्राविधिकतर्फका अधिकृत हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कजेजमा लगिएकामा उपचारकै क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

गम्भीर घाइते हुनेमा लमजुङका शुकबहादुर गुरुङ छन् । उनको सोही अस्पतालमै उपचार भइरहेको छ । गुरुङ राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम चितवन रामपुरमा कार्यरत छन् ।

उनीहरु सवार बागमती प्रदेश ०६-००१ प ६२७३ नम्बरको मोटरसाइकल राति ११:३० बजे कालीगण्डकी कोरीडर हुँदै गैँडाकोट-४ स्थित महेन्द्रराजमार्गमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ